

कपिलवस्तुमा ओली र प्रचण्डमाथि विप्लवको हमला



काठमाण्डाै
भर्खरै शान्तिपूर्ण राजनीतिमा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् । उनले ओली नेतृत्वको सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको समेत टिप्पणी गरेका छन् ।
कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले समाजको अन्याय, अत्याचार र दमनका विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन सही नभएको बताएका हुन् ।
उनले न्यायका लागि संघर्ष गर्न डराउन नहुने भन्दै प्रधानमन्त्री केपी ओलीले ‘केही समयअघि सत्यसँग लड्दिन शक्तिसँग झुक्दिनँ’ भनेपनि आफ्नो पार्टीमाथि प्रतिवन्ध लगाएर गलत गरेको बताए । ‘हुन त केपी जीले सत्यसँग लड्दिन शक्तिसँग झुक्दिनँ भन्नुभयो तर हाम्रो पार्टीमाथि प्रतिवन्ध के थियो त्यो ? त्यो सत्य र न्याय थियो ? कुमार पौडेललाई समातेर कन्चटमा गोली हानेर मार्नु त्यो सत्य हो ?’, विप्लवको प्रश्न छ ।
उनले आफू सत्य र न्यायको पक्षमा लडेको र लडिरेहने बताए । ‘बम टेक्दै र हतियार खोस्दै हिँड्न सकिन्छ । न्यायको पक्षमा हामी कहिल्यै दब्नु हुँदैन । हामीले गल्ति गरेका छैनौ’, विप्लवको भनाइ छ । उनले महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताए । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको विप्लवले दावी पनि गरे ।
उनले प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो भएको पनि टिप्पणी गरे । ‘आज प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए । मन्त्री त हामी पनि हुनसक्थ्यौँ । सहिद परिवार, वेपत्ता, किसान मजदुर बिर्सिए । त्यसपछि प्रचण्ड धुलोपिठो भए’, विप्लवले ओलीपछि प्रचण्ड बाबुराममाथि पनि हमला गरेका थिए ।
यस्तै उनले ‘गाउँगाउँमा भ्रष्टाचार गर्ने, बलात्कार गर्नेहरुलाई कारवाही गर्नु गल्ती हो ? भन्दै प्रश्न गरे । ‘लडाइँ भयो भने क्षति हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । तर दास भएर मर्नुभन्दा लडेर मर्नु धेरै ठुलो कुरा हो,’ विप्लवले अझैपनि अन्यायका विरुद्ध प्रतिवाद गर्ने संकेत गरे ।
सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौँ भनेर भनेपनि त्यो सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया