
नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बस्दै

काठमाण्डाै
नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यसअघि गएको ७ गते पनि प्रचण्ड-नेपाल समूहले नागरिकता र पार्टीको परिचयपत्र बोकेर पेरिसडाँडामा उपस्थित हुन निर्देशन दिएको थियो ।
आजको केन्द्रीय कमिटी बैठकअघि प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी बैठक पनि बोलाएको छ । स्थायी कमिटी बैठक बिहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
आफ्नो पक्षको निर्णयको आधिकारिकता खोज्दै निर्वाचन आयोग पुगेको प्रचण्ड-नेपाल समूहले आवश्यक परे सक्कल कागजात आयोगलाई बुझाउने बताउँदै आएको छ ।
नेकपाले यसअघि गएको पुस ५ गते संसद सचिवालयमा पेस भएको अविश्वासको प्रस्ताव फिर्ता लिएर सहमतिका लागि विकल्प खुला गर्ने निर्णय गरिसकेको छ ।
गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणासँगै नेकपा दुई समूहमा विभाजित छन् । दुवै समूहले छुट्टाछुट्टै बैठक र कार्यक्रमहरु गर्दै आएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रचण्ड-नेपाल समूह नयाँ सरकार गठन र सत्ता समीकरणको कसरतमा जुटेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया