
हटाउन सक्छ भने हटाओस्, अर्को चुनावमा दुई तिहाइ ल्याउँछु : ओली

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् ।
मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, खुशीसाथ हट्छु, तर आउँदो चुनावमा ….डेढ दुई वर्षपछि त चुनाव त आइसक्छ, दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’
तर आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताए । उनले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए । आफूले विघटन गरेको प्रतिनिधिसभा ब्युँतिए पनि केही फरक नपर्ने प्रधानमन्त्री ओलीले बताए ।
‘ब्युँतायो भने के बिग्रियो र ठिकै छ । तर अब प्रतिनिधिसभा कसरी अगाडि जान्छ ? देशको राजनीति कसरी अगाडि जान्छ ? अदालतको फैसलाको मूल्यांकन परिणमले गर्नेछ, म केही बोल्दिन’ उनले भने ।
उनले प्रधानमन्त्रीको हैसियतले आफू अदालतको फैसला मान्ने पनि बताए ।
आफू राजनीति गर्ने मान्छे भन्दै प्रधानमन्त्री ओलीले केही माग्न परेमा जनतामा जाने बताए । ‘ म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा दरखास्त हाल्न जाँदा तपाईहरुकामा आउँछु, नेपाली जनताको बीचमा जान्छु । ममाथि अन्याय भयो, तपाईहरुले न्याय दिनुस् छु भनेर ।’


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया