

विप्लवसँग वार्ता गर्न सरकारद्वारा गृहमन्त्री थापाकाे नेतृत्वमा समिति गठन



काठमाण्डाै
सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेकाे छ ।
सरकारले गठन गरेकाे वार्ता समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयाेजक रहनुभएकाे छ । त्यस्तै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई रहनुभएकाे छ ।
— Surya Thapa (@ThapajiSurya) March 2, 2021
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरिएको जानकारी दिनुभएको हो । पत्रकार सम्मेलनमा उहाँले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेर वार्ता गर्नका लागि समिति गठन गरिएको जानकारी गराउनुभएको हो ।
सरकारले विप्लव समूहमाथि २०७५ सालको फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्दै आएको थियो । अहिले पनि विप्लव समूहका धेरै नेता तथा कार्यकर्ता प्रहरी हिरासतमै रहेका छन् ।
केही दिनअघि विप्लव समूहका महासचिव नेत्र विक्रम चन्दले विज्ञप्ति निकालेर सरकारले सहज वातावरण बनाएमा आफूहरू वार्ता र संवादमा आउन तयार रहेको जानकारी गराउनुभएको थियो ।
यसअघि गएकाे आइतवार झापामा भएकाे एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता हुने बताउनुभएकाे थियाे ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया