

सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो प्रकाण्ड नेतृत्वको टोली



काठमाडौं
सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड ले नेतृत्व गर्नेभएका छन् । सरकार संगको वार्ताका लागि विप्लव समूहले प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।
सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा वार्तामा बस्ने स्रोतले जनाएको छ । वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने विप्लव समूहको पहिलो सर्त रहेको स्रोतले जनाएको छ ।
साथै वार्ताका लागी प्रतिबन्ध फुकुवा, वार्ताको औपचारिक पत्र समेत समूहको माग रहेको नेकपा विप्लप समूह स्रोतले जनाएको छ ।
सरकारले आज गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया