

संकटकाल लगाएपछि इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्




काठमाडौं
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले प्रधानमन्त्रीज्यूको कुरा सुनेर आफूलाई आश्चर्य लागेको बताएका छन् । उनी भन्छन्– भारतमा इन्धिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएपछि उनीविरुद्ध मुद्दा चल्यो । बयान दिन जाँदा अदालतभित्रै छुरा हान्न खोजियो भनियो ।
पछि अनुसन्धान गर्दा त्यो बनावटी घटना रहेछ । देशका लागि यति गर्दागर्दै पनि हत्या गर्ने योजना बनाइयो भनेर ‘सेन्टिमेन्ट’ लिन नाटक गरिएको रहेछ । अनुसन्धानको क्रममा त्यो कुरा पुष्टि भयो । पक्राउ परेका व्यक्तिले मलाई यस्तो गर्नु भनेर लगाइएको थियो, आक्रमण नै गर्ने योजना थिएन भनेर खुलासा गरेका थिए ।
प्रधानमन्त्रीज्यूले पनि ममाथि ‘थ्रेट’ छ भन्नुभएको छ । त्यति धेरै सुरक्षा हुँदाहुँदै पनि उहाँले आफूलाई सुरक्षा ‘थ्रेट’ छ भन्नु लज्जास्पद हो । प्रधानमन्त्रीलाई कोबाट ‘थ्रेट’ छ त रु कि त उहाँलाई आफ्नै पार्टीका विपक्षी समूहबाट ‘थ्रेट’ हो । अर्को भनेको नयाँ नक्सा जारी गरेपछि भारतलाई ‘इन्डिकेट’ गरेको पनि हुन सक्छ ।
यो दुईवटा बाहेक अरू कोही पनि छैन । लोकप्रियता गुम्दै गएपछि देशका लागि केही गर्न खोज्दाखोज्दै मेरो हत्या गर्न खोजिएको छ भनेर सहानुभूति लिन खोजेको जस्तो लाग्यो । तर, यो राम्रो होइन । पार्टीभित्रको समीकरणलाई व्यवस्थापन गर्न नसकेर यो अवस्था आएको हो । उहाँले संसद् विघटन गरेपछि सम्पूर्ण सुरक्षा वातावरण बिग्रिएको छ । उहाँले सुरक्षा शक्तिलाई दोष दिने कुनै ठाउँ छैन । अरू कुरा बिक्री नभएपछि प्रधानमन्त्रीले आफूमाथि असुरक्षाको कुरा बोल्नुभएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया