
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा बन्दै गरेको स्वास्थ्य चौकी भवनमा ठेकेदारले गरे बदमाशी


कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा बन्दै गरेको स्वास्थ्य चौकी भवनमा ठेकेदारले गरेको बदमाशी प्रति स्थानिए जनताले विरोध गरि निर्माण कार्य रोकेका थिए ।
कृष्णनगर नपा वडा नं.१२ बेदमंऊमा लुम्बिनी प्रदेश सरकारले ८१ लाखको लगानीमा ६ कोठे भवन निर्माणको ठेक्का आव्हान गरि ब्रेभ कन्ट्रक्सन भैरहवा लाई दिएको छ।
ब्रेभ कन्ट्रक्सनले बेदमंऊ स्वास्थ्य चौकीको भवन निर्माण कार्य शुरु गर्दा शुरुवाती दिन मैं कमसल समाग्री प्रयोग गरि विवाद मा परेको छ।
निर्माण स्थलमा शुरुमै गुणस्तरहीन ईटा र बलुवा झारे पछि स्थानिए जनताहरुको विरोध पछि गुणस्तरहीन ईंटा अरु अरु काम मा प्रयोग गरे तर विरोध गर्दा पनि गुणस्तरहीन ९गुणस्तर जांच नभएको बलुवा को प्रयोग फाउन्डेशन ढलानमा प्रयोग गरेको कुरा स्थानिए प्रमोद मालीले बताएका छन।
फाउन्डेशन ढलान गर्दा अनिवार्य रुपमा लगाउनु पर्ने डी।पी।सी। प्लास्टिक लेयर समेत नलगाई ढलान गरेको र ढलान मां प्रयोग हुने मसलाको गुणस्तर जांच गर्नाको लागि उक्त मसलाको क्यूब बनाई सम्बन्धित निकायमा जांच गराउनु पर्छा तर ठेकदारले क्यूब नबनाई ढलाना गरेको स्थानिए श्रोतले बताएको छ।अब ढलान भइ सकेको फाउन्डेशनमा लागे को मसलाको गुणस्तर जाचं कसरी हुन्छ भनेर प्रश्न पनि उठि रहेको छ।
साईट इन्चार्ज केदार चौधरीको अनुसार फाउंडेशन ढलान मा यही नजिकमै रहेको खोला बाट निकालेको बलुवाको प्रयोग भयेको छ। वासिंग बालुवा अहिले सम्मा आएको छैन। र यो भवनको निर्माण कार्य शुरु हुन वितिकै विवादमा परेको छ ।कहिले ईटाको कुरा लिएर त कहिले बलुवाको कुरामा विवाद हुदै छ।
उक्त भवन निर्माण कार्यमा पटक पटक किन विरोध भइ रहेको छ भन्ने बिषयमा वहीका स्थानिए समाजसेवी तथा उक्त भवन निर्माण का लागि जग्गा दान दिएका जग्गादाता सुदीप मणि त्रिपाठी संग बुझदा ब्रेभ कन्ट्रक्सनका ठेकेदार अमित श्रीवास्तव संग मेरो कुरा निर्माण स्थलमै पुगेर भएको छ र मैले ईंट तथा बलुवा गुणस्तरहिन रहेको कुरा पटक पटक वहां लाई जानकारी गराएका थिए। तर ठेकेदारले मनमानी गर्दै गुणस्तरहीन ईटा र बलुवा को प्रयोग गरि रहे का थिए। म लगायत स्थानिए जनताहरु ले विरोध गरि निर्माण काम बन्द गराए पछि मात्रै एक नम्बरको ईटा प्रयोग मा लाएको कुरा त्रिपाठी ले बताए का छन।
उक्त निर्माण स्थलमा निर्माण योजना बारे कुनै किसीम को सुचना बोर्ड लागेको छैन र भवन निर्माण कार्य गर्दा मजदूर हरु लाई सुरक्षा को निम्ति लगाउनु पर्ने सुरक्षा पोषाकहरु समेत मजदूरहरु ले लगाएको छैन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया