

म्यान्मारमा १० प्रदर्शनकारी मारिए


एजेन्सी ।
म्यान्मारमा शनिबार प्रहरीले सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा १० जनाको ज्यान गएको अस्पताल सूत्रले जनाएको छ। सैनिक विद्रोहयताको यो म्यान्मारको सबैभन्दा भयावह दिन सावित भएको छ । याँगुन, दावेइ र मान्दालय शहरमा प्रदर्शनकारीहरु मारिएका हुन् । प्रहरीले तिनीहरुमाथि रबरको गोली र अश्रुग्यास पनि प्रहार गरेको थियो ।
१ फेब्रुअरीमा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टलगायत सुकीको नेसनल लिग फर डेमोक्रेसीका अन्य वरिष्ठ नेताहरुलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको थियो । आइतबार सामाजिक सन्जालमा प्रहरीले प्रदर्शनकारीमाथि दमन गरिरहेको भिडियो क्लिपहरु भाइरल भएका छन् ।
संयुक्त राज्य अमेरिकालगायत युरोपेली मुलुकहरुले म्यान्मारको सैनिक विद्रोहको कडा आलोचना गर्दै पक्राउमा परेका नेताहरुको यथाशीघ्र रिहाइको माग गरिरहेका छन् । चीनले भने सैनिक विद्रोहको घटनालाई म्यान्मारको नितान्त आन्तरिक मामिला भएको बताउने गरेको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया