

अदालतमा प्रचण्डकाे जवाफ- ‘जुलुस, नारा र भाषणले स्वतन्त्र न्यायपालिकालाई प्रभाव पार्दैन’ (पूर्णपाठसहित)



काठमाडाैँ
अदालतको अवहेलनासम्बन्धी रिट उपर सर्वोच्चद्वारा जारी निर्देशन पालना गर्दै नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ ।
अध्यक्ष प्रचण्ड आइतबार सर्वोच्चमा पुगेर लिखित जवाफ पेश गर्नुभएको हो । प्रचण्डले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको लिखित जवाफ बुझाउनुभएको हो । उहाँको जवाफमा जुलुस, नारा र भाषणले स्वतन्त्र र सुक्ष्म न्यायपालिका (अदालत)लाई प्रभाव पर्ने र पार्ने कुरा हुन नसक्ने उल्लेख गरिएको छ । अहिले आफू एउटा दलको नेता र सामान्य नागरिक मात्रै रहेकाले उक्त भनाइ अदालतको मानहानी हुन नसक्ने जिकिर प्रचण्डको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।
सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्ड लिखित जवाफसहित सर्वोच्चमा उपस्थिति हुनुभएको उहाको नीजि सचिवालयले जनाएको छ ।
सर्वोच्चले आफ्नो पक्षमा निर्णय गरेन भने आँधीहुरी ल्याउँछौं भन्दै प्रचण्डले भृकटीमण्डपको आमसभामा बोलेको कुराले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो ।
प्रचण्डकाे जवाफकाे पूर्णपाठ-


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया