
सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री

काठमाण्डाै
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । उनले प्रतिनिधि सभा पुनःस्थापना भएपछि यस्तो खतरा बढेको बताए ।
उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ । हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरी संसद सांसदहरुको खरिद बिक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरी दलहरूको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’
मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए ।
सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको बताए । गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भएपनि ऋणात्मक नहुनु सकारात्मक भएको पनि बताए ।
तीन वर्ष सम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थान माथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको पनि बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया