
ओलीसँग एकताको सम्भावना छैन : माधव नेपाल

काठमाडौं
नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।
पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन, कुनै भ्रममा नपर्नुस् ।’
‘केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन’ उनले अघि भने, ‘बाम लगाएर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् र मुर्ख बनाएर पठाइयो भन्छन् । तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुस् ।’
बालुवा पेलेर तेल निस्किनु र प्रधानमन्त्री ओली सुध्रिनु एउटै भएको उनको टिप्पणी छ । स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पहिलो व्यक्ति बामदेव गौतम नै अहिले उनलाई सुधार्ने कोशिशमा लागेको भन्दै प्रचण्ड-माधव समूहका अध्यक्ष नेपालले भने, ‘अहिले फेरि केपी ओलीलाई सुधार्न कोशिश गर्दै हुनुहुन्छ । गर्नुहोस्, तर मैले भनेको छु बालुवा पेलेर तेल निस्किँदैन ।’
नेपालले संसद विघटनविरुद्ध आन्दोलन गर्नेहरु मिल्नुपर्ने र संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिए । संसद पुनस्थापना भएपनि पूरै लडाइँ जित्न बाँकी रहेको भन्दै अध्यक्ष नेपालले भने, ‘अर्को लडाइँ केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म गर्नुछ ।’


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया