

४ बेडको भेन्टिलेटर र १० बेडको आइसियु कपिलवस्तु अस्पतालमा सञ्चालन हुदैँ




कपिलवस्तु
कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा भेन्टिलेटर, आइसियु, सेवा समेत थप हुने भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले अस्पतालमा ४ बेडको भेन्टिलेटर र १० बेडको आइसियु सञ्चालनको तयारीको अवस्थामा रहेको जानकारी दिएका छन् ।
सङ्घीय सांसद बृजेशकुमार गुप्तले सांसद विकास कोषमार्फत भेन्टिलेटर र आइसियु सेवा थपका लागि १ करोड ४५ लाख रुपैया विनियोजन गरेपछि सेवा अस्पतालको सेवा वृद्धि हुन लागेको छ।
२०२८ सालमा स्थापित अस्पतालमा हाल भौतिक सुविधा सम्पन्न र दक्ष प्राविधिक जनशक्ति थप गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।
१२ करोडको लागतमा नयाँ भवन प्रयोगमा आएसँगै अस्पतालले नयाँ सेवा सञ्चालन गर्ने योजना बनाएको थियो। हाल अस्पतालमा २५ भन्दा बढी चिकित्सकहरूबाट सेवा प्रदान गरिँदै आएको।
५० शय्याको अस्पतालमा ८ विशेषज्ञ, २ डेनटल सर्जन, ११ मेडिकल अधिकृत र १ जना एमडि रेजिडेन्ट रहेका छन्। चैत्र महिनाबाट अस्पतालमा नेत्र रोग, बाल रोग, नाक कान घाँटी र डाइलासिसको विशेषज्ञ सेवासमेत थप हुने तयारी गरिएको छ।
यसैगरी, प्रयोगशाला, एकसरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने अस्पतालका क्लिनीकल कोडिनेटर डाक्टर गणेश क्षेत्रीले बताए।
अस्पतालमा प्रयोगशालाको स्तरबृद्धिका लागि सङ्घीय सांसद बृजेश कुमार गुप्तले पहल गरेपछि महिला तथा बालबालिका कार्यालयमा लेभल २ को प्रयोगशालासमेत निमार्णको चरणमा रहेको छ। लुम्बिनी प्रदेश सरकारले ५० लाख र कपिलवस्तुका १० स्थानीय सरकारबाट ६० लाखको लागतमा ल्याबका काम अगाडि बढेको अस्पातलले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया