

सांसदले तीन महिनाको तलब एकमुष्ठ पाउने



काठमाडौं
५ पुषमा प्रतिनिधिसभा विघटन भएपछि तलबविहीन भएका प्रतिनिधिसा सांसद्हरुको तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् । सर्वाेच्च अदालतले संसद् पुनस्र्र्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।
संघीय सचिवालयका अनुसार प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस, माघ र फागुन महिना गरी तीन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरिएको छ ।
२५ फागुनअगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको सचिवालयले जनाएको छ ।
सरकारी कर्मचारीसरह सांसदहरूको तलब २५ गते बैंक खातामा हाल्ने चलन रहेकाले पनि अब एकमुष्ट रुपमा तीन महिनाको तलब पठाउन लागिएको जनाइएको छ । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि सांसदहरू तलबविहीन भएका थिए ।
सांसद्हरुले तलब कति पाउँदै छन् ?
हाल सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको भने सांसदको भन्दा बढी छ।
गत मंसिर महिनामा प्रतिनिधि सभाका सांसदहरूका लागि १ करोड ९४ लाख २० हजार पठाइएको जनाइएको छ । २७५ सांसद रहने प्रतिनिधि सभामा हाल २७४ सांसद रहेका छन् । जसमध्ये ४ जना निलम्बनमा छन् ।
यस्तै, प्रतिनिधि सभाका सांसदका पिएका लागि मात्र मंसिर महिनामा १ करोड ५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरिएको जनाइएको छ ।
मन्त्री रहेका प्रतिनिधि सभा सदस्यहरूले भने संसदबाट तलब बुझ्दैनन् । उनीहरुको छुट्टै तलब र खर्च निर्धारण गरिएको हुन्छ ।
यसैगरी संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सदस्यका लागि सचिवालयले प्रत्येक महिना ४८ लाख ८ हजार रुपैयाँ पठाउँदै आएको छ भने राष्ट्रिय सभाका सांसदका पिएको लागि २८ लाख ४२ हजार प्रति महिना खर्च हुने गरेको छ ।
तलब भत्ताभित्र संसदको बैठक बसेको दिनको बैठक भत्ता र ट्याक्सी भाडा तथा संसदीय समितिको बैठक बसेको दिनमा भत्ता पाउने व्यवस्था सांसद तथा पदाधिकारीको सेवा सुविधासन्बन्धी ऐनमा गरिएको छ ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया