
सत्ता समीकरणको रणनीति तय गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं
प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी बैठक बस्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि भावी सत्ता समीकरणको कसरत सुरु भएको छ । सिंगो नेकपासँग सभामुखसहित रहेका १ सय ७३ सांसद थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय लिएपछि नेकपाका सांसद ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका छन् । दुवै समूहले संसदीय दलमा आफूसँग बहुमत भएको दाबी गरिएका छन् ।
नेकपाको यही अंक गणित कायम रहे सरकार बनाउन ओली र प्रचण्ड–नेपाल १ सय ३८ सांसद पुर्याउन ६३ सांसद रहेको काँग्रेसकै साथ अनिवार्य देखिएको छ । जसमा काँग्रेसका दुई जना सांसद निलम्बनमा छन् ।
यही परिदृश्यका बीच बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देउवालाई भेटन बुढानिलकण्ठ पुगेका थिए। करिब आधा घण्टाको भेटमा देउवाले पार्टीमा छलफल गर्ने प्रचण्ड–नेपालसँग बताएका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया