

राष्ट्रपतिले क्षमा पूजा गरेकै दिन पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं
पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरेकै दिन सर्वोच्चले सरकारका नाममा जलहरी नराख्न अन्तरिम आदेश दिएको हो ।
पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष एवं वागमती प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले जलहरी राख्ने कार्य विरुद्ध रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथ मन्दिरमा तत्काल जलहरी राख्ने कार्य नगर्नु भनी अन्तरिम आदेश दिएका छन् । यसबारेमा वादी र प्रतिवादीलाई आगामी फागुन १७ गते छलफलका लागि डाकिएको छ । तर पशुपति क्षेत्र विकास कोषले अदालतको आदेश आउनुपूर्व नै जलहरी राखिसकेको छ ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया