

न्यायालयप्रति जनताको विश्वास बलियो भएको छ : अष्टलक्ष्मी शाक्य



हेटौंडा
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसलाप्रति बागमती प्रदेश, नेकपा प्रचण्ड–माधव पक्षका संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले खुशी व्यक्त गरेकी छिन् ।
सर्वोच्चको फैसला प्रतिगमनविरुद्ध भएको भन्दै उनले न्यायालयप्रति जनताको विश्वास थप बलियो हुने दावी गरिन् । प्रतिनिधिसभा विघटन संविधानमाथि नै प्रहार भएको भन्दै शाक्यले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी जनप्रतिनिधिको सर्वोच्च संस्था विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले सच्याएको बताइन् ।
उनले केन्द्रीय राजनीतिको असर प्रदेशमा पनि परेको र प्रदेशसभालाई बन्दी बनाउने काम अब अन्त्य हुनेमा विश्वास व्यक्त गरिन् । अब छिटै प्रदेशसभाको बैठक बोलाएर मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्तावको टुङ्गो लगाइने उनको भनाइ थियो ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया