

देशभर विजय जुलुस निकाल्दै प्रचण्ड–नेपाल समूह




काठमाण्डाै
प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्दै छ ।
काठमाण्डौ उपत्यकाबाहिर अहिले ८ बजेदेखि विजय जुलुस निस्कने यो समूहको केन्द्रीय संघर्ष समितिले जनाएको छ । काठमाण्डौमा भने दिउँसो १२ बजे शान्तिवाटिकामा विजय जुलुस हुने समितिले जनाएको छ ।
शान्तिवाटिकाको जुलुसमा यो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने सम्भावना रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । उहाँहरु दुवै अध्यक्षहरू अहिले चितवनमा हुनुहुन्छ ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया