

ई–सेवा र आवर विज्डम विद्यालय बिच सम्झौता




नवराज बेल्वासे, कपिलवस्तु
पछिल्लो समय युवावर्गको ध्यान केन्द्रित गरेको नेपालको पहिलो अनलाईन सेवा प्रदायक कम्पनी ई–सेवा र कपिलवस्तु स्थित वाणगंगा नगरपालिका वडा नम्बर १ बैरीयामा रहेको आवर विज्डम बोडिङ्ग माध्यमिक विद्यालय बिच अनलाईन भुक्तानिको लागि सम्झौता गरेको छ ।
कपिलवस्तुका लागि आधिकारी ई–सेवा सेन्टरका सञ्चालक खेम क्षेत्री र विद्यालयका तर्फबाट प्रचार्य नारायण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुृभएको हो ।
विद्यालयले अनलाईन सेवाबाट मासिक शुल्क भुक्तानी हुने भएपछि आफुहरु खुसि रहेको शर्माले बताउनु भएको हो । ई साझाकुरा सगँ बोल्दै शर्माले भन्नुभयो अभिभावकहरु समच खर्च गरेर विद्यालय आउनु पर्ने बाध्यता अब हटेको र घरबाट आफ्ना बालबच्चाको शुल्क तिर्ने सक्ने भएपछि अभिभावकको पनि समय बचत हुदाँ अभिभावक पनि खुसि रहेको बताउनु भएको छ । उहाँले यो महत्वपुर्ण भुमिकालागि ई–सेवालाई धन्यावद पनि दिनुभएको छ ।
हाल नेपालमा ई–सेवाका ४० लाख भन्दा बढी प्रयोगकर्ता रहेको कम्पनीले जनाएको छ ।
कपिलवस्तुमा यसअघि पनि विभिन्न विद्यालय, खानेपानि संस्था, सहकारी, केवल नेटवर्कहरु ई–सेवामा आवद्ध रहेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया