
नेकपा प्रचण्ड–माधव समूहले ६८ जिल्लाकाे नेतृत्व चयन गर्याे


काठमाण्डाै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले भागबन्डाका आधारमा ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पूर्वमाओवादी समूहले ३५ र पूर्वएमाले समूहले ३३ जिल्लामा नेतृत्व पाएको छ ।
प्रचण्ड–माधव समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुङ्गो लगाएको हो । अब नौ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।
यसअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच ५०/५० प्रतिशतका आधारमा नेतृत्व चयन गर्ने गरी नाै बुँदे सहमति भएको थियो ।
पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने उल्लेख छ । साविक नेकपा (एमाले) पङ्क्तिमा रहेका गुट तथा फुटपरस्तले कार्यकर्तालाई भ्रमित तुल्याउने प्रयास गरेको भन्दै जिम्मेवारी प्रदान गर्दा भ्रम चिर्न सक्नेलाई विशेष जोड दिने सहमतिमा उल्लेख छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया