

गुल्मीमा जिप दुर्घटना , ३ को मृत्यु



गुल्मी
गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो । पाण्डेका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो ।
दुर्घटनामा परेका अन्य घाइतेको उपचार भैरहेको डिएसपी पाण्डेले जानकारी दिए । दुर्घटनामा परेको उक्त जिपमा १० जना सवार थिए । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएको थियो । जिप सडकबाट करिब ८ सय फिट तल खसेको अनुमान गरिएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया