

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाली कांग्रेस अर्घाखाँचीले ¥र्याली सहित बिरोधसभा सम्पन्न




उमेश बन्जाडे
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाली कांग्रेस अर्घाखाँचीले ¥र्याली सहित बिरोधसभा सम्पन्न गरेको छ ।
संसद विघटन र सरकारका असंवैधानिक कदमहरुका बिरुद्द दोस्रो चरणको बिरोध कार्यक्रम अन्तरगत आज सोमबार सन्धिखर्कमा नेपाली कांग्रेस अर्घाखाँचीले र्याली सहित बिरोधसभा सम्पन्न गरेको हो ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुष्पा भुसालले काङ्ग्रेसको नेतृत्वमा लेखिएको संविधान ओलीले निल्न खोजेको आरोप लगाउनु भयो ।
निर्वाचनको गर्भबाट जन्मेको सर्वसत्तावादी सरकार अहिलेको कम्युनिस्ट सरकार भएको भन्दै भुसालले सरकार मिडियाको मुख थुन्न र जेल हाल्न उद्दीत रहेको जनाउनुभयो । जनताको अधिकार बोल्ने मिडियाको अधिकार संसद बाट पास हुन आफुहरुले रोकेको तर अहिले सरकारले मिडिया सम्बन्धी कानुन अध्यादेश मार्फत ल्याउन खोजेको भन्दै उहाले खबरदार जनताको आवाज बोल्ने मुख थुन्न पाइदैन भनेर चेतावनी दिनुभयो निर्मला पन्त र भागिरथी भट्टको अपराधी सरकारले नै संरक्षण गरेको भन्दै भुसालले हत्या हिंसा बलत्कारका घटना देशमा बढिरहेको तर्फ सरकारनै दोषी रहेको उल्लेख गर्नुभयो ।
यस्तै सभालाइ सम्बोधन गर्दै काङ्ग्रेस नेता रेवती प्रसाद भुसालले संविधानको हत्या भएको भन्दै संसद पुनर्स्थापना हुनै पर्नेमा जोड दिनुभयो ।
यदि विघटन सदर भएमा ओलिले निर्वाचन नगर्ने र यसैलाइ आधार बनाएर थप निरंकुशता बढाउने तर्फ लाग्ने अबस्था रहेको भुसालले बताउनुभयो । संविधान लिगमा ल्याएर जस्ता पनि समस्या समाधान गर्न काङ्ग्रेस तयार रहेको भन्दै नेता रेवती प्रसादले बरु काङ्ग्रेस हार्न तयार रहेको तर निरंकुशतालाइ साथ दिएर जित्नुको कुनै अर्थ नरहेको बताउनुभयो । प्रतिगमन एक दिनको होइन चरणबद्द रुपमा गरिदै आएको थियो भन्दै काङ्ग्रेसले बिभिन्न समयमा आवाज उठाइरको थियो तर त्यति बेला दाहाल नेपाल चुप लागेर आफ्नै पार्टीका निरंकुशलाइ संरक्षण गर्दा यो अबस्था आएको उहाले उल्लेख गर्नुभयो


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया