प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालमा भएका विभिन्न कामलाई ७४ बुँदामा समेटेर प्रमुख उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । सोमबार सिंहदरबारमा प्रेस ब्रिफिङ गर्दै उहाँले ७४ बुँदे प्रमुख उपलब्धिहरु सार्वजनिक गर्नुभएको हो ।
नौँ नम्बर बुँदाभित्र राजनीतिक उतारचढावबारे उहाँले प्रेस ब्रिफिङ गर्नुभएको छ । १०देखि १५ नम्बर बुँदासम्म संविधान र संघीयता कार्यान्वयनका विषयमा, १५ देखि माथि समग्र आर्थिक क्षेत्रबारे तीन वर्षे कार्यकालभित्र भएका उपलब्धिबारे उहाँले प्रेस ब्रिफिङ गर्नुभएको छ ।
प्रेस बिफिङका क्रममा प्रधानमन्त्री ओलीले सरकारप्रति नागरिकको उच्च आशा भए पनि आफ्नै पार्टीभित्रको गुट उपगुटका कारण चाहेजस्तो काम गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । आफ्नै दलका नेताहरूले नै संसदीय सुनुवाइको प्रक्रियासमेत रोक्ने काम गरेको उहाँले बताउनुभयो ।
राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् ।
७४ बुँदे उपलब्धिका पूर्णपाठः










प्रतिक्रिया