

कोरोना विरुद्धको खोप कपिलवस्तुका संचारकर्मीले लगाए




कपिलवस्तु
कपिलवस्तुमा दोस्रोचरणको खोप अभियान आज देखि सुरु गरिएको छ । स्वास्थ्य कार्यालय तौलिहवामा जिल्लाका संचारकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई खोप दिने गरी अभियानको दोस्रो चरण सुरु भएको हो ।
आज जिल्लामा कार्यरत संचारकर्मीहरुले कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुको सिफारिशमा जिल्लामा कार्यरत करिब २ सय पत्रकार तथा विभिन्न संचार गृहका संचारकर्मीहरुले खोप लगाउने जिल्ला शाखा कपलवस्तुका अध्यक्ष डिलाराम भुषाले जानकारी दिनुभयो ।
पत्रकार माहासंघ केन्द्रिय सदस्य बसन्त गिरी र जिल्ला अध्यक्ष डिलाराम भुषालले कोभिशिल्ड खोप लिएर संचारकर्मीहरुको तर्फबाट खोप अभियानको उघाटन गर्नुभएको थियो । आज लगाउन छुटेका संचारकर्मीहरुले भोली पनि स्वास्थ्य कार्यालयमा पुगि लगाउने व्यवस्था रहेको छ ।
यो चरणको खोप कपिलवस्तुमा संचारकर्मी सहित सुरक्षाकर्मीहरुलाई पनि दिइने छ । खोपको पहिलो चरणमा जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरु र सफाईकर्मी सहित सरकारले तोकेका निकायका व्यक्तिहरुले लगाएका थिए । खोपको पहिलो डोज लिएको व्यक्तिलाई पुनः २८ दिन पछि अर्काे खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको सामान्य असर रहेको भए पनि कपिलवस्तुमा गम्भिर प्रकृतिको असर अहिले सम्म नदेखिएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लिएको व्यक्तिमा ज्वरो आउनु, टाउको दुख्नु, शरिर कम्जोर महशुस हुनु सामान्य असर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । कोरोना विरुद्धको यो खोप ढुक्कका साथ लगाउन पनि उनीहरुले आग्रह गरेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया