

अध्यक्ष गैरेबाट ज्येष्ठ नागरिक को समानमा सिरक बितरण



सागर पौडेल ,कपिलवस्तु
कपिलवस्तु नगरपालिका वार्ड न ३ ले ३ सय ज्येष्ठ नागरिकलाई फाइबर सिरक उपलब्ध गराएको छ । ७० बर्ष काटेर बुद्ध भत्ता पाएका उनीहरुलाई सिरक उपलब्ध गराइएको हो ।
पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, उप मेयर लक्ष्मी साउ गुप्ता, कांग्रेस नेता सुधाकर पाण्डेय, वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, ३ का वडाध्यक्ष प्रकाश गैरेले ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बीच सिरक हस्तान्रण गरेका थिए । महिता की ९७ वर्षीया कला खनाललाई सिरक उपलबध गराएर कार्यक्रमको सुभारम्भ गरिएको थियो । सो अवसमा काङ्ग्रेस जिल्ला सभापति आचार्यले भगवान सरह रहेका बृद्धबृद्धाहरुलाई वडाले सिरक दिएर राम्रो काम गरेको बताए ।
६० बर्ष नाघेकालाई काङ्ग्रेसले बृद्ध भत्ता उपलब्ध गराउने प्रस्ताव गरेपनि बर्तमान ओली नेतृत्वमा रहेको सरकारले त्यसलाई नमानेको बताए । उनले अहिलेको सरकारले भूमि ब्यवस्था, विकास लगायतका कुराहरुमा दक्षिणतर्फ रहेको क्षेत्रलाई समेत बिभेद गरिएको बताए ।
उनले जनतालाई प्रत्यक्ष लाभ हुने किसिमको काम गर्न नगरपालिकलाई आग्रह गरे । सिरक पाएपछि विपन्न परिवार खुशी भएका छन । ९७ वर्षीया बृद्धा कला खनालले ज्येष्ठ नागरिकलाई सम्मान गरेको निकै खुशी लागेको बताइन् ।
उनले ज्येष्ठ नागरिककालागि औषधि उपचार, लगायतका कुरा समेत नगरपालिकलो उपलब्ध गराउनु पर्ने माग गरिन । वडाध्यक्ष प्रकाश गैरेले ज्येष्ठ नागरिकको सम्मान र सहजताका लागि सिरक बाडिएको बताए ।
उनले वडासहित नगरपालिकाले ज्येष्ठ नागरिककालाई अरु सुबिधा र सेवा समेत उपलब्ध गराउने बताए । वडा अध्यक्ष गैरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख लक्ष्मी गुप्ता, कांग्रेस नेता सुधाकर पाण्डेय, युवा नेता प्रकाश घिमिरे, बसन्त कुमारी सिंह केदारनाथ शुक्ला लगायतले शुभ कामना मन्तब्य दिएका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया