

टर्च बाल्दै न्याय खोज्दै कपिलवस्तुका युवाहरु




कपिलवस्तु
न्यायका लागि कपिलवस्तुमा शान्तिपूर्ण ¥याली कार्यक्रम हुने भएको छ । युथ युनिटि वेलफेयर यसोसियसन कपिलवस्तुको आयोजनामा फाल्गुण २ गते सो ¥यालीको आयोजना गरिएको हो ।
टर्च बाल्दै न्याय खोज्दै नाम दिइएको सो ¥यालीका लागि कानुनी राज्यमा कानुनको पालना गराऔँ , बलत्कार तथा लैगिंक हिंसा बिरुद्दको अभियानमा प्रतिबद्दता जनाऔँ भन्ने मुल नाराका साथ ¥यालीको आयोजना गर्न लागिएको अभियान्ता सिर्जना आचार्यले जानकारी दिनुभयो । सो ¥यालीका लागि सहभागिहरुले कालो कपडा र कपन सहित हातमा टर्च वा लाल्टिन लिएर आउन पनि अभियान्ता गरिएको आचार्यले बताउनुभयो ।
देशमा बढीरहेका बालिका बलत्कारका घटनामा राज्यको नजर पुग्न नसकेको जनाउदै युवाहरुको संस्था युथ युनिटिले सो कार्यक्रम गर्न लागेको जनाएको छ । फाल्गुण २ गते साँझ ५ बजे कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित चार नम्बर जितपुरमा हुने अभियान्ता आचार्यले जानकारी दिनुभएको छ ।
केहि दिन अगाडी बलात्कार गरेर हत्या गरिएको बैतडीकी भागिरथी भट्टको न्यायमा अझै पनी सरकारको पक्षबाट कुनै आशाको किरण नदेखिएको र यो घटना पनी निर्मला पन्थको जस्तै ओझेलमा पर्न सक्ने भन्दै दवाब स्वरुप शान्तिपुर्ण विरोध ¥यालीको आयोजना गर्न लागिएको अभियानका अध्यक्ष लक्ष्मण सापकोटाले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया