

टर्च बाल्दै न्याय खोज्दै कपिलवस्तुका युवाहरु




कपिलवस्तु
न्यायका लागि कपिलवस्तुमा शान्तिपूर्ण ¥याली कार्यक्रम हुने भएको छ । युथ युनिटि वेलफेयर यसोसियसन कपिलवस्तुको आयोजनामा फाल्गुण २ गते सो ¥यालीको आयोजना गरिएको हो ।
टर्च बाल्दै न्याय खोज्दै नाम दिइएको सो ¥यालीका लागि कानुनी राज्यमा कानुनको पालना गराऔँ , बलत्कार तथा लैगिंक हिंसा बिरुद्दको अभियानमा प्रतिबद्दता जनाऔँ भन्ने मुल नाराका साथ ¥यालीको आयोजना गर्न लागिएको अभियान्ता सिर्जना आचार्यले जानकारी दिनुभयो । सो ¥यालीका लागि सहभागिहरुले कालो कपडा र कपन सहित हातमा टर्च वा लाल्टिन लिएर आउन पनि अभियान्ता गरिएको आचार्यले बताउनुभयो ।
देशमा बढीरहेका बालिका बलत्कारका घटनामा राज्यको नजर पुग्न नसकेको जनाउदै युवाहरुको संस्था युथ युनिटिले सो कार्यक्रम गर्न लागेको जनाएको छ । फाल्गुण २ गते साँझ ५ बजे कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित चार नम्बर जितपुरमा हुने अभियान्ता आचार्यले जानकारी दिनुभएको छ ।
केहि दिन अगाडी बलात्कार गरेर हत्या गरिएको बैतडीकी भागिरथी भट्टको न्यायमा अझै पनी सरकारको पक्षबाट कुनै आशाको किरण नदेखिएको र यो घटना पनी निर्मला पन्थको जस्तै ओझेलमा पर्न सक्ने भन्दै दवाब स्वरुप शान्तिपुर्ण विरोध ¥यालीको आयोजना गर्न लागिएको अभियानका अध्यक्ष लक्ष्मण सापकोटाले बताउनुभयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया