

बुटवलमा हुने बृहत जनसभामा कपिलवस्तुका विधार्थीको पनि सहभागिता रहने




कपिलवस्तु
अघोषित विभाजन भएको नेकपाको केपि ओली पक्ष विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कार्यालय कमिटी कपिलवस्तुको बैठक आज सम्पन्न भएको छ ।
बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनि प्रदेशले प्रधानमन्त्री केपि शर्मा ओलिले सम्बोधन गर्ने फाल्गुन १ गते बुटवलमा आयोजना गरेको बृहत जनसभामा अनेरास्ववियू कपिलवस्तुले उल्लेखनिय रुपमा बिद्यार्थी उपस्थिति गराउने निर्णय गरेको छ ।
जसअनुसार पार्टी सङ्ग समन्वय गरि पहिचान सहित बिद्यार्थी हरु जनसभामा सहभागी हुने निर्णय गरको हो। त्यसैगरि अनेरास्ववियू केन्द्रिय स्थाइ कमिटिको यहि माघ २८ को बैठकको निर्णय बमोजिम कपिलवस्तुमा यहि फाल्गुन ७ गते वाणगंगामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै अनेरास्ववियूको अभियानलार्इ सफल पार्ने व्यापक रुपमा लागी पर्ने समेत बैठकले निर्णय गरेको छ। विद्यालयदेखि विश्वविद्यालयसम्म संगठन विस्तार गर्ने अभियान अनुसार सचिवालयको बैठक बसेर जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
साथै बैठकले २०७७ माघ १७ गते दुर्घटना परि घाइते हुनुभएका संगठन जिल्ला संयोजक बाबुराम अर्याललार्इ शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ।
बैठक कमिटिका संयोजक बाबुराम अर्यालको अध्यक्षता, अनेरास्ववियू केन्द्रिय स्थाइ कमिटि सदस्य श्याम प्रकाश प्रजापति को प्रमुख अतिथ्यता, अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य टुकलाल गैरेको विशेष आतिथ्यतामा बसेको बैठकमा जिल्लामा उपलब्ध अनेरास्ववियू केन्द्रिय सदस्यहरु, उज्वल अधिकारि, इन्दिरा पौडेल, रतन बि.क, वाजिद वलि, दिनेश चौधरि, रबिन्द्र पौडेल लगायतको आतिथ्यता र कार्यालय सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकमा प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय स्थाइ कमिटि सदस्य श्याम प्रकाश प्रजापतिले मन्तव्य राख्नुभएको थियो।बैठक सह संयोजक दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया