

बुटवलमा हुने बृहत जनसभामा कपिलवस्तुका विधार्थीको पनि सहभागिता रहने




कपिलवस्तु
अघोषित विभाजन भएको नेकपाको केपि ओली पक्ष विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कार्यालय कमिटी कपिलवस्तुको बैठक आज सम्पन्न भएको छ ।
बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनि प्रदेशले प्रधानमन्त्री केपि शर्मा ओलिले सम्बोधन गर्ने फाल्गुन १ गते बुटवलमा आयोजना गरेको बृहत जनसभामा अनेरास्ववियू कपिलवस्तुले उल्लेखनिय रुपमा बिद्यार्थी उपस्थिति गराउने निर्णय गरेको छ ।
जसअनुसार पार्टी सङ्ग समन्वय गरि पहिचान सहित बिद्यार्थी हरु जनसभामा सहभागी हुने निर्णय गरको हो। त्यसैगरि अनेरास्ववियू केन्द्रिय स्थाइ कमिटिको यहि माघ २८ को बैठकको निर्णय बमोजिम कपिलवस्तुमा यहि फाल्गुन ७ गते वाणगंगामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै अनेरास्ववियूको अभियानलार्इ सफल पार्ने व्यापक रुपमा लागी पर्ने समेत बैठकले निर्णय गरेको छ। विद्यालयदेखि विश्वविद्यालयसम्म संगठन विस्तार गर्ने अभियान अनुसार सचिवालयको बैठक बसेर जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
साथै बैठकले २०७७ माघ १७ गते दुर्घटना परि घाइते हुनुभएका संगठन जिल्ला संयोजक बाबुराम अर्याललार्इ शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ।
बैठक कमिटिका संयोजक बाबुराम अर्यालको अध्यक्षता, अनेरास्ववियू केन्द्रिय स्थाइ कमिटि सदस्य श्याम प्रकाश प्रजापति को प्रमुख अतिथ्यता, अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य टुकलाल गैरेको विशेष आतिथ्यतामा बसेको बैठकमा जिल्लामा उपलब्ध अनेरास्ववियू केन्द्रिय सदस्यहरु, उज्वल अधिकारि, इन्दिरा पौडेल, रतन बि.क, वाजिद वलि, दिनेश चौधरि, रबिन्द्र पौडेल लगायतको आतिथ्यता र कार्यालय सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकमा प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय स्थाइ कमिटि सदस्य श्याम प्रकाश प्रजापतिले मन्तव्य राख्नुभएको थियो।बैठक सह संयोजक दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया