

नेतृ झाँक्रीलाई तत्काल रिहा नगरे ७७ जिल्लाबाटै विरोधकोआँधीहुरी सिर्जना गरिन्छः राष्ट्रिय युवा संघ



प्रचण्ड–नेपाल निकट नेकपा निकट राष्ट्रिय युवा संघले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे ७७ वटा जिल्लाबाटै विरोधको आँधीहुरी सिर्जना गर्ने चेतावनी दिएको छ ।

बिहीबार संयोजक रामप्रसाद सापकोटा दीपशिखाद्वारा जारी विज्ञप्तिमा झाँक्रीलाई तत्काल रिहा नगरे ७७ वटा जिल्लाबाटै आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिइएको छ ।
‘७७ वटै जिल्ला कमिटीहरुले यसै विज्ञप्तिलाई आधार मानी आन्दोलनको आँधीबेरी सिर्जना केन्द्रीय कार्यालय निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरङ्कुश कामचलाउ सरकारको हतास मानसिकताको उपज हो । कमरेड झाँक्रीलाई विनाशर्त तत्काल रिहाइ नगरे राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रूपमा विरोधको आँधीबेहरी सिर्जना गर्ने समेत चेतावनी दिन चाहन्छौं । उक्त आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार प्रतिगामी, निरंकुशतावादी कामचलाउ केपी ओली सरकार रहनेछ ।’
प्रतिगमनकारी निरंकुश सरकारले विभिन्न प्रकारको आन्दोलन र हजारौँ सहीदहरुको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, एवं नेपालको संविधान २०७२ विरुद्ध प्रतिगामी कदम चलिरहँदा त्यसको रक्षाका निम्ति नेतृ झाँक्रीले दिएको अभिव्यक्तिलाई लिएर षड्यन्त्रपूर्ण ढंगले गैरसंवैधानिक रुपमा पक्राउ गरिएकोप्रति संगठनले घोर भत्र्सना गरेको जनाइएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया