
नेतृ झाँक्रीलाई तत्काल रिहा नगरे ७७ जिल्लाबाटै विरोधकोआँधीहुरी सिर्जना गरिन्छः राष्ट्रिय युवा संघ

प्रचण्ड–नेपाल निकट नेकपा निकट राष्ट्रिय युवा संघले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे ७७ वटा जिल्लाबाटै विरोधको आँधीहुरी सिर्जना गर्ने चेतावनी दिएको छ ।

बिहीबार संयोजक रामप्रसाद सापकोटा दीपशिखाद्वारा जारी विज्ञप्तिमा झाँक्रीलाई तत्काल रिहा नगरे ७७ वटा जिल्लाबाटै आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिइएको छ ।
‘७७ वटै जिल्ला कमिटीहरुले यसै विज्ञप्तिलाई आधार मानी आन्दोलनको आँधीबेरी सिर्जना केन्द्रीय कार्यालय निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरङ्कुश कामचलाउ सरकारको हतास मानसिकताको उपज हो । कमरेड झाँक्रीलाई विनाशर्त तत्काल रिहाइ नगरे राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रूपमा विरोधको आँधीबेहरी सिर्जना गर्ने समेत चेतावनी दिन चाहन्छौं । उक्त आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार प्रतिगामी, निरंकुशतावादी कामचलाउ केपी ओली सरकार रहनेछ ।’
प्रतिगमनकारी निरंकुश सरकारले विभिन्न प्रकारको आन्दोलन र हजारौँ सहीदहरुको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, एवं नेपालको संविधान २०७२ विरुद्ध प्रतिगामी कदम चलिरहँदा त्यसको रक्षाका निम्ति नेतृ झाँक्रीले दिएको अभिव्यक्तिलाई लिएर षड्यन्त्रपूर्ण ढंगले गैरसंवैधानिक रुपमा पक्राउ गरिएकोप्रति संगठनले घोर भत्र्सना गरेको जनाइएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया