
नेतृ रामुकुमारी प्रकाउ पछि थापाले भने उहिले महाराज , अहिले राष्ट्रपति

काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले असंवैधानिक कदमविरुद्ध बोल्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाउनुभएको छ । नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि थापाले उक्त आरोप लगाउनुभएको हो ।
राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले प्रकाउ गरेलगत्तै थापाले समाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ – कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !
सरकारको त्रासले सत्ताको पक्षमा बोल्न नछाड्ने उहाँले बताउनुभयो । ‘सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन’, थापाले उल्लेख गर्नुभएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया