
आन्दोलनको आवाज नसुने २०६२\६३ सालको भन्दा ठूलो आगो दन्किन्छ : झलथान खनाल

काठमडौं
प्रचण्ड-नेपाल समुहका बरिष्ठ नेता झलथान खनालले शान्तिपूर्ण आन्दोलनको आवाज नसुने २०६२\६३ सालको भन्दा ठूलो आगो दन्किने चेतावनी दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित संसद विघटनबिरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता खनालले अहिले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमबिरुद्ध पूरै देश आन्दोलित भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पछिल्ला एकमहिना २२ दिनका बिचमा सिंगो राष्ट्र आन्दोलित भएको छ, उपत्यका, सातै प्रदेश, ७७ जिल्लै, नागरिक समाज, पत्रकार र हरेक बर्गसहितसबै आन्दोलित भएकोछ।’ उहाँले थप्नुभयाे, ‘यो आन्दोलनको आवाज सुनिएन भने २०६२६३को भन्दा ठूलो आगो दन्कीनेछ, जनआन्दोलनको आगो दन्कीनेछ। त्यो आगोले केपी ओलीको तानाशाही लाई समाप्त पारी छाड्नेछ।’
केपी ओलीले २३ गते दरवार अगाडि उभिएर तानाशाही आवाज बोलेको आरोप लगाउदै नेता खनाले केही हजार मानिस भेला गरेर लहेर्नुहोस् सभा कस्तो हुन्छ भनेर यो कास्टिङ मात्रै हो भनेको बताउनुभयो । उहाँले केपी ओली र ओलीका समर्थकरुलाई सभा कस्तो हुन्छ भनेर हेर्न प्रदर्शनी सभामा आएर हेर्न आग्रह गर्नुभयो ।
नेकपाको आवाज भनेको केहो आफूहरु देखाउने बताउनुभयो । उहाँले निर्वाचन आयोगलाई कुनपार्टी आधिकारिक भनेर सकस पर्नु नपर्ने बताउनु भयो । आधिकारिक नेकपा भनेर छुट्याउन प्रदर्शनीको भेला देखेपछि कुनै अन्योल नहुने दावी गर्नुभयो । निर्वाचन आयोगका आयुक्तहरुलाई ऐन कानु र प्रकृया अबरोध भए मिलाउन तर आफूहरुकोआधिकारिकताको घोषणाका लागि ढिला नगर्न सुझाव दिनुभयो ।
यदी ढिला नगरे अप्ठ्यारो पर्ने बताउनु भयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया