

आन्दोलनको आवाज नसुने २०६२\६३ सालको भन्दा ठूलो आगो दन्किन्छ : झलथान खनाल



काठमडौं
प्रचण्ड-नेपाल समुहका बरिष्ठ नेता झलथान खनालले शान्तिपूर्ण आन्दोलनको आवाज नसुने २०६२\६३ सालको भन्दा ठूलो आगो दन्किने चेतावनी दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित संसद विघटनबिरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता खनालले अहिले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमबिरुद्ध पूरै देश आन्दोलित भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पछिल्ला एकमहिना २२ दिनका बिचमा सिंगो राष्ट्र आन्दोलित भएको छ, उपत्यका, सातै प्रदेश, ७७ जिल्लै, नागरिक समाज, पत्रकार र हरेक बर्गसहितसबै आन्दोलित भएकोछ।’ उहाँले थप्नुभयाे, ‘यो आन्दोलनको आवाज सुनिएन भने २०६२६३को भन्दा ठूलो आगो दन्कीनेछ, जनआन्दोलनको आगो दन्कीनेछ। त्यो आगोले केपी ओलीको तानाशाही लाई समाप्त पारी छाड्नेछ।’
केपी ओलीले २३ गते दरवार अगाडि उभिएर तानाशाही आवाज बोलेको आरोप लगाउदै नेता खनाले केही हजार मानिस भेला गरेर लहेर्नुहोस् सभा कस्तो हुन्छ भनेर यो कास्टिङ मात्रै हो भनेको बताउनुभयो । उहाँले केपी ओली र ओलीका समर्थकरुलाई सभा कस्तो हुन्छ भनेर हेर्न प्रदर्शनी सभामा आएर हेर्न आग्रह गर्नुभयो ।
नेकपाको आवाज भनेको केहो आफूहरु देखाउने बताउनुभयो । उहाँले निर्वाचन आयोगलाई कुनपार्टी आधिकारिक भनेर सकस पर्नु नपर्ने बताउनु भयो । आधिकारिक नेकपा भनेर छुट्याउन प्रदर्शनीको भेला देखेपछि कुनै अन्योल नहुने दावी गर्नुभयो । निर्वाचन आयोगका आयुक्तहरुलाई ऐन कानु र प्रकृया अबरोध भए मिलाउन तर आफूहरुकोआधिकारिकताको घोषणाका लागि ढिला नगर्न सुझाव दिनुभयो ।
यदी ढिला नगरे अप्ठ्यारो पर्ने बताउनु भयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया