ओलीका दुई मन्त्री हामीतिर आउन वार्ता भइरहेको छ : प्रचण्ड

काठमाडौं

नेकपा प्रच्ण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरु आफूहरुतिर फर्किन थालेको दावी गरेका छन् । उनले ओली सरकारका दुईजना मन्त्री प्रचण्ड–माधव पक्षमा फर्किन चाहेको र त्यसका लागि आफूहरुसँग वार्ता भइरहेको दावी समेत गरे ।

बुधबार नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन्।
उनले प्रधानमन्त्री ओलीले आफूसँग पचासौँ वर्ष सँगै काम गर्ने नेता कार्यकताहरुलाई अपमान गरेर गल्ती गरेको पनि बताए । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव पनि दिए ।  ओलीले भूमि आयोग बनाएर किसानमा भ्रम छरेको टिप्पणी समेत गरे ।

उनले ओलीको निरंकुशताको विरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेसलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

खबर सबै