
शैक्षिक हड्तालका कारण रोल्पाका शैक्षिक क्षेत्र प्रभावित

रोल्पा
कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म ठप्प रहेको शैक्षिक क्षेत्र फेरि विभिन्न राजनीतिक दलको आम हड्तालले प्रभावित हुन थालेको छ । गएको माघ २२ गते नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण देशभरका शैक्षिक संस्था बन्द भएको एक हप्ता नपुग्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गरेको शैक्षिक हड्तालका कारण सोमवार रोल्पाका शैक्षिक क्षेत्र प्रभावित भएका छन् ।
विभिन्न राजनीतिक दलले आफ्नो स्वार्थ पूरा नहुँदा गर्ने बन्द र हड्तालले बालबालिकाको पढाइ प्रभावित भएको रुन्टिगढी गाउँपालिका–१ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक झक्कु ओलीले गुनासो गर्नुभयो । ‘लामो समयसम्म थला परेको शैक्षिक क्षेत्र फेरि विभिन्न बहानामा प्रभावित पार्ने काम भएको छ’, प्रधानाध्यापक ओलीले भन्नुभयो, ‘नेपाल बन्दको सधैँका लागि विकल्प खोजिनुपर्छ ।’


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया