

जसपाले जलायो कपिलवस्तुमा प्रधानमन्त्रीको पुत्ला



सुरेश कुमार पांन्डेय/ कपिलवस्तु
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले कपिलवस्तुका ठाउँठाउँमा आयोजना गरेका विरोध कार्यक्रममा आज प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा विभिन्न चरणका विरोध कार्यक्रम गरिरहेको जसपाले आईतबार कपिलवस्तुमा विरोध कार्यक्रमको आयोजना गरेको थियो । कपिलवस्तुको मायादेवी गाउँपालिका स्थित पकड़ीमा जसपाका नेता तथा कार्यक्रताहरुले प्रधानमन्त्री अलोकतान्त्रिक बनेको आरोप लगाउँदै पुत्ला जलाएका हुन ।
प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपाले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमहरु मध्ये आज जिल्लामा पुत्ला दहन कार्यक्रम घोषणा गरेका थियो ।
कपिलवस्तुको पकड़ीमा जनता समाजवादी पार्टीका नेताहरुले राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के.पी.ओलीको पुतलादहन गरेका हुन ।
जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध समेत गरेका थिए ।
जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले प्रधानमंत्री ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेको बताउनुभयो । संविधानको रक्षाका लागी जसपाको आन्दोलन अझ सशक्त हुने पनि उहाँले बाउनुभयो । हरेक कार्यकर्ता तत्पर रहेको समेत उहाँले दावी पनि गर्नुभयो । विरोध प्रदर्शनमा अमरीश पांन्डेय ,ईरफान खान, कमलेश चौधरी, बजरंगी चौधरी, गीता तिवारी, नवीन चौधरी ,कृष्णनारायण तिवारी, नेता सरफुदीन खान सहित दर्जनौं नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।
लुम्बिनी प्रदेशका सबै जिल्लामा बिरोध कार्यक्रम गर्ने क्रममा जसपाले आज कपिलवस्तुमा पनि प्रर्दशन तथा विरोध जनाएको हो ।
जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदिय दलका नेता तथा प्रदेश सभा सदस्य सहसराम यादवले प्रधानमन्त्री ओलीका कारण संघियता र संविधान माथि समेत प्रहार भएको बताउनुभएको छ । संसद पुर्नस्थापनाका लागि जसपाले अझ कठोर आन्दोलन गर्ने उहाँले बताउनुभयो ।
जसपाले माघ २८ गते जिल्लाका प्रमूख स्थानहरुमा मसाल जुलुश गर्ने समेत घोषणा गरेको छ । त्यसका लागि जसपाले जिल्लाका नेता तथा कार्यक्रताहरुलाई १० वटै स्थानिय तहको जिम्मेवारी प्रदान समेत गरेको जिल्ला अध्यक्षद्धय शैलेन्द्र यादव र कैलाश अग्रहरीले जानकारी दिनुभएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया