राजमो अध्यक्ष केसि फाल्गुन १ गते कपिलवस्तु आउदै

रिषव आचार्य, कपिलवस्तु

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसि आउदो फाल्गुन १ गते कपिलवस्तु आउनुहुने भएको छ। राजमो कपिलवस्तुले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रियता ,गणतन्त्र,धर्म निरपेक्षताको रक्षा गर। भ्रष्टाचारको अन्त्य गर,संघियता खारेज गर, बिघठित संसद पुनःस्थापन गर भन्ने मुल नाराका साथ कपिलवस्तु को गोरुसिंगे मा बृहत बिरोध सभाको आयोजना गरिएको राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष दधिराम आचार्य ले जानकारी दिनुभएको छ।
कार्यक्रममा हजारौं को संख्या मा नेता कार्यकर्ता ,तथा आम जनता जिल्ला को गुरुसिङगे मा उतार्ने तयारि रहेको छ।जिल्ला को बड्हारा चोक देखि बिरोध जुलस सुरु भई गोरु सिंगे चोकमा पुगि बिरोध सभामा परिणत हुने राष्ट्रिय जनमोर्चाका बिधार्थि नेता तथा अखिल छैठौं का लुम्बिनी प्रदेश सदस्य कपिलवस्तु जिल्ला अध्यक्ष रिषव आचार्यले जानकारि दिनुभएको छ।
साथै राजमो कपिलवस्तु ले आम न्याय प्रेमी जनसमुदाय लाई उक्त कार्यक्रममा सहभागि भै कार्यक्रम सफल पारिदिनु हुन समेत अपिल गरेको छ।

प्रतिक्रिया

खबर सबै