

साइबर सेनाले फैलाएको भ्रमको सहारा लिदै प्रधानमन्त्री




काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक टाइमलाइनमा राखेको नारा छ– सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने । तर, ‘सत्यसँग नलड्ने’ उनै ओली शुक्रबार नारायणहिटी अगाडि भएको आमसभामा भने ‘फेक न्युज’को शिकार बने ।
प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको आम हड्तालको निन्दा गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘फेक न्युज’ को सहारा लिए । प्रधानमन्त्री ओलीले आम हड्तालको विरोध गर्दै भने, ‘सडकभरि तरकारी पोख्ने, ट्याक्सी जलाउने, के यही हो व्यवस्था ?’
तर, प्रधानमन्त्री ओलीले भनेको सडकमा तरकारी पोखिएको घटना बिहीबारको हडतालमा भएको होइन । बन्दका आयोजकहरुलाई बदनाम गर्न भाइरल बनाइएको तरकारी पोखिएका तस्वीरहरु बिहीबारका होइनन् ।
प्रधानमन्त्रीले टिप्पणी गरेका कुनै पनि दृश्यहरु प्रचण्ड–माधव समूहसँग सम्बन्धित छैनन् । साइबर सेनाहरुले बिहीबार प्रचण्ड–माधव समूहलाई बदनाम गर्नका लागि सार्वजनिक गरेका फेक तस्वीरमध्ये एउटा थियो- नापी विभागदेखि नयाँ बानेश्वर छिर्ने सडकमा छरपस्ट तरकारी छरिएको दृश्य । तर, उक्त सडक आसपासका स्थानीयले बिहीबार दिनभर सडकमा कुनै पनि तरकारी नफ्याँकिएको बताइसकेका छन् ।
त्यस्तै घिरौँला सडकमा फ्याँकिएको अर्को तस्वीर सर्लाही लालबन्दीका किसानले बिक्री नभएको तरकारी सडकमा फ्याँकेर आन्दोलन गरेको तस्वीर हो, त्यो पनि दुई वर्ष पुरानो ।
तरकारी फ्याँकिएको तेस्रो फोटो भने भारतको हो । तर, आमसभामा प्रधानमन्त्री ओली भ्रममा परेको प्रष्ट देखियो । किनभने, बूढीआमैको तरकारी फ्याँकेको भन्ने प्रधानमन्त्री ओलीको आरोप आफ्नै साइबर सेनाले फैलाएको भ्रममा आधारित थियो । तर, प्रधानमन्त्री ओलीले भनेजस्तै बिहीबारको आम हडतालका बेला एउटा ट्याक्सी जलाइएको घटनाचाहिँ सत्य नै हो ।
प्रधानमन्त्री भन्दा पहिले आमसभालाई सम्वोधन गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेले गरी खाने नागरिकको ट्याक्सी जलाएकोप्रति घोर भत्र्सना गर्दै पीडितलाई सरकारले क्षतिपूर्ति दिने बताए । प्रधानमन्त्री ओलीले पनि सरकारले क्षतिपूर्ति दिने आश्वास दोहोर्याए ।
बिहीबार जलेको ट्याक्सीको क्षतिपूर्ति दिने आश्वासन ओली र पोखरेलले दिएता पनि दुई वर्षअघि बालकुमारीमा जलेको ट्याक्सीका चालकले अहिलेसम्म कुनै क्षतिपूर्ति पाएका छैनन् ।
अनलाइन खबरबाट साभार


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया