तेस्रो जनअन्दोलन सुरू भयोः गृहमन्त्री थापा

काठमाण्डाै

गृहमन्त्री रामबहादुर थापाले तेस्रो जनअन्दोलन सुरू भएको बताएका छन्।

शुक्रबार नारायणहिटी संग्रहालय अगाडि आयोजित ओली नेतृत्वको नेकपाको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले तेस्रो ऐतिहासिक जनआन्दोलन सुरू भएको स्पष्ट गरेको बताए।

राजनीतिको केन्द्रीय प्रश्न भनेको राजनीतिक सत्ता भएको भन्दै उनले आज यो राजनीतिक असाधारण स्थिति सत्ता प्राप्तिका लागि भएको बताए।

‘राष्ट्रिय स्वाधीनताको निम्ति एक छ, समाजवादका पक्षमा आन्दोलित भएका छौँ,’ उनले भने, ‘समग्र जनता संविधानको रक्षाका लागि आन्दोलित भएका छन् ।’

उनले यो असामान्य परिस्थिति राजनितिक नेतृत्वको प्रश्नसँग जोडिएको दोहोर्‍याए।

नारायणहिटी दरबारअगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले पार्टी अध्यक्षबाट र प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने र राष्ट्रपतिलाई समेत अपदस्थ गर्ने षड्यन्त्र भएपछि अहिलेको परिस्थिति आएको बताएका हुन् ।

‘प्रतिगमनकारी र अवसरवादी तत्वले राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेपछि अहिले अस्थिरताको अवस्था आएको हो,’ उनले भने ।

प्रतिक्रिया

खबर सबै