

‘प्रधानमन्त्रीज्यू ! प्रदेश खारेज गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीकाे व्यवस्था गराैँ !’




नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की पूर्व-सांसद एवं नेतृ निरु पालले प्रदेश सभा खारेज गर्न प्रधानमन्त्रीलाइ सुझाव दिएकी छन् । ‘संघीयता’ नामको सेतो हात्ती नेपालले धान्न नसक्ने भन्दै उनले प्रदेशहरू खारेज गरेर बरू प्रत्यक्ष निर्वाचित कार्यकारीकाे व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएकी छन् ।
‘मलाई पार्टीले कारबाही गरे पनि गरोस्, कुनै दिन टिकट पाएछु र जनताले हराएछन् भने पनि ठिकै छ सहुँला,’ पालले लेखेकी छन्,‘तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋण छ । प्रधानमन्त्रीज्यू ! यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन । मुठ्ठी भर नेता त खुसीँ छौँ, कोही मुख्यमन्त्री, कोही प्रदेशमन्त्री, कोही सांसद छौं । तलब-भत्तामै देशको ढुकुटी नसिध्याऔं !’
जनताको घरदैलोसम्म सेवा पुर्याउनु मुख्य कुरा रहेकाे भन्दै उनले थपेकी छन्, ‘जनताले चाहेको अधिकार विकेन्द्रिकरण हो बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पर्याऔं ।’


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया