

देशलाई संविधानअनुसार हिँडाउन आम हड्ताल गरिएकाे हाे : शशी श्रेष्ठ




काठमाण्डाै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहकी नेतृ शशी श्रेष्ठले देशलाई संविधानसम्मत ढङ्गले अगाडि हिँडाउनका लागि आम हड्ताल गरिएको बताउनुभएको छ ।
नेतृ श्रेष्ठले नेकपाकाे आफ्नाे समूहले गरेको आम हड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै देशलाई संविधानसम्मत ढङ्गले अगाडि हिँडाउनको लागि आम हड्तालको आह्वान गरिएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरङ्कुशताबाट बचाउनुपर्ने अवस्था आएको पनि बताउनुभयो ।
नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरूलाई गैर–संवैधानिक हिसाबले नियुक्ति गरि संविधानलाई अर्को चुनौती दिएको बताउनुभयो । संविधानअनुरूप देश नचले देश ठूलो दुर्घटनामा जाने र समाज विभक्त भइ द्वन्द्वमा जाने भन्दै उहाँले दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानुपर्ने बताउनुभयाे ।








प्रतिक्रिया