

नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) बाणगंगा ६ को बैठक सम्पन्न



सागर पौडेल ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बाणगंगा नगरपालिका वार्ड नं ६ वडा कमिटिको बैठक आज लक्ष्मणघाटमा सम्पन्न भएको छ । बैठकमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा केन्द्रिय सदस्य कृष्ण पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकारले गरेका काम प्रति जनताहरु आकर्षिक भैरहेको बताउनु भएको छ । यही फाल्गुन १ गते बुटवलमा हुने आम सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा सबै नेता, कार्यकर्ता लगायत आम जन समुदायलाई सहभागी हुन आग्रह गर्नुभएको छ । कार्यक्रमका बिशिष्ट अथिति नेकपा बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलले बर्तमान परस्थितीमा सबै नेता तथा कार्यकर्ताहरु चनाखो र संयम भइ पार्टीको गतिबिधीमा लाग्नु पर्ने बताउनु भयो । बैठकमा जिल्ला तथा नगर कमिटीले जारी गरेको सर्कुलरका बिषयमा जानकारी गराइएको थियो साथै बैठकले वाणगंगा ६ को वडा कमिटी बिस्तार गरी ३० जना सदस्य मनोनित गरेको छ ।
बैठक वडा कमिटी सचिव माधव खनालको अध्यक्षता पार्टीका केन्द्रिय सदस्य कृष्ण पौडेलको प्रमुख आथित्यता, बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलको बिशिष्ट आथित्यता रहेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य ठाकुर प्रसाद पोख्रेल, जिल्ला सचिवालय सदस्य रीता थारु, जिल्ला सदस्य हुमनाथ भट्टराई, सुकदेव थारु नगर कमिटी सदस्य कल्लु थारु, कृष्ण पौडेल, रिषिराम आचार्य लगायतको उपस्थिती रहेको कार्यकमको संचालन नेकपा बाणगंगा नगर कमिटी सदस्य प्रकाश भुसालको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया