

मिर्मिरेमै सपथको नाटक भयो, हामी आमहड्ताल गर्न बाध्य भयौं: प्रचण्ड-नेपाल समूह



काठमाडौं
भोलि अस्पताल, प्रेस, एम्बुलेन्स, पानी, दूध र परीक्षाबाहेक सबै बन्द गर्ने
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले बाध्य भएर बिहीबार आमहड्ताल घोषणा गर्नु परेको बताएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त समूहकी नेतृ पम्फा भुसालले नयाँ बाध्यतात्मक परिस्थिति आएकाले संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नु परेको बताइन्।
‘बिहान मिर्मिरेमै संवैधानिक निकायका पदाधिकारीलाई सपथ खुवाएको नाटक भयो। असंवैधानिक रूपमा सुनुवाइ नगरी सपथ गराइनु निरंकुशता र जबरजस्तीको पराकाष्ठा हो,’ भुसालले भनिन्,‘संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट जंगलराजको अन्त्य गर्न जरूरी छ। हामी संवैधानिक आयोगको सपथ खारेजीको माग गर्छौं। भोलि देशव्यापी आमहड्तालको आह्वान गरेका छौं।’
‘हामी अब प्रतिगमनको खारेजीका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुन्छौं। यसका लागि सबैसँग सहयोगको अपेक्षा गरेका छौं,’ भुसालले भनिन्।
यसअघि नै प्रचण्ड-नेपाल समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो तर त्यसमा आमहड्तालको कार्यक्रम थिएन।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया