

प्रचण्ड–नेपाल पक्षद्वारा बिहीबार देशव्यापी आमहड्तालको घोषणा




काठमाडौं
नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् ।
यसअघि प्रतिनिधि सभा विघटन विरुद्धको जारी तेस्रो चरणको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल घोषणा गरिएको नेकपा प्रचण्ड माधव पक्षले जनाएको छ । प्रचण्ड माधव पक्षले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाईएकोमा सो पक्षले भत्र्सना गरेको पनि गरेको छ ।
त्यस्तै प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरेको छ । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ । त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिने पत्रकार सम्मेलनमा नेतृ भुषालले जानकारी दिइन् ।
कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसबेल मुलुक गम्भीर संकटमा रहेको बताए ।
उनले प्रतिगमन तीव्र गतिमा अघि बढेको भन्दै त्यसको निरन्तर प्रतिरोध गरिने पनि बताए । उनले आमहड्ताल गर्नु आफूहरुको बाध्यता रहेको पनि बताए ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया