

चीनमा कोरोनाको नक्कली खोप बनाउने ८० जना पक्राउ

एजेन्सी ।
कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा चिनमा ८० जनाभन्दा धेरै शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । बेइजिङ, शानडोङ र जियाङ्सु प्रान्तबाट तीन हजार डोज नक्कली खोपसहित उनीहरुलाई पक्राउ गरिएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरुले सो खोप विदेश निर्यात गर्न लागेको अनुमान गरिएको छ । यसअघि केही अफ्रिकी मुलुकमा खोपको तस्करी हुँदै आएको एक खोप निर्माता कम्पनी निकट स्रोतलाई उदृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।
‘कङ’ नाम गरेको सो आपराधिक समूहले गत वर्षको सेप्टेम्बरदेखि नै नक्कली खोप बिक्री वितरण गर्दै आएको चिनियाँ प्रहरीले जनाएको छ । सो समूहको सञ्जाल चीनका अन्य शहरहरुमा पनि फैलिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
चीनमा अहिले सिनोभ्याक र सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाइँदै छ । यी दुई कम्पनीले टर्कीसहित अन्य देशमा खोप पठाइरहेका छन् ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया