

भलवाडका कार्कीले गरे सागर र सुन्तलीलाई आर्थिक सहयोग




कपिलवस्तु
बैदेशिक रोजगारीको शिलशिलामा दुबैमा रहेका भलवाडका झविन कार्कीले आफ्ना वडाका दुई जनालाई आर्थिक सहयोग प्रदान गरेका छन् । उनले वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवारका सागर थारु र वडा नम्बर ९ कै भर्तापुरकी सुन्तली कुमालका लागि आर्थिक सहयोग गरेका हुन ।
युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियु बेडमा दुई हप्ता बढी देखि उपचाररत सागर थारुको उपचारमा कार्कीले पाँच हजार रुपैँया सहयोग पठाएका हुन भने भर्तापुर आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारकी वालिका सुन्तली कुमालको पढाईमा सहजता होस भनी उनले पाँच हजार रुपैँया सहयोग गरेका छन् ।
टाउकोमा पानी जमेका कारण भैरहवा स्थित मेडिकल कलेजमा उपचार गराइरहेका सागरको उपचारका लागि अहिले अन्य निकायबाट समेत आर्थिक सहयोग जुटेको पत्रकार बाबुराम रायमाझीले बताउनुभएको छ । उहाँको उपचारका लागि विभिन्न संचार माध्यम र पत्रकारहरुबाट समेत पहल भईरहेको छ । २६ वर्षका थारुको उपचारका लागि परिवारको आर्थिक अवस्था कमजोर भएका करण अहिले सहयोगको अपिल गरिएको परिवारको भनाईलाई उदिृत गर्दै रायमाझिले बताउनुभयो ।
यसैबिच नदि टटिय क्षेत्र सँगै जंगलको किनारमा बस्दै आएकी सुन्तली कुमालको आर्थिक अवस्था कमजोर भए सँगै उनको लागि पनि अहिले भलवाडबाट सहयोगको अपिल गरिएको छ । सानै उमेरमा अपाङ्गा भएकी कुमालको पारिवारकी अवस्था समेत दयनिय भए पछि उनको लागि पनि अहिले सहयोग जुट्ने क्रम रहेको छ ।
दुबै खुट्टा अपांग भएकी सुन्तलीको धेरै पढ्ने रहर हुँदा पनि पारिवारिक अवस्थाका कारण उनी समस्यामा रहेको बताएकी छिन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया