

डाक्टर केसी फागुन १२ गतेदेखि अनसनमा बस्ने, ओली प्रधानमन्त्री रहुञ्जेल देश खतरामा रहेको दाबी



काठमाण्डाै
प्रतिनिधि सभा विघटन र अहिलेका विकृतिविरुद्ध डाक्टर गोविन्द केसी फागुन १२ गतेदेखि २० औँ आमरण अनसन बस्नुहुने भएको छ ।
झण्डै ८० वर्षसम्म नागरिकहरूले रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक व्यवस्था जोखिममा रहेको संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने अधिनायकवादी व्यवस्थाका विरुद्धमा आफूले आमरण अनसन बस्न लागेको डाक्टर केसीले जानकारी दिनुभएको छ ।
एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर सङ्घर्षरत रहेकोमा केही माग पूरा भएको र केही बाँकी रहेको स्मरण गराउँदै डाक्टर केसीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गो राज्य संयन्त्र नै कब्जामा लिएकाले त्यसको विरुद्धमा अनसन बस्न बाध्य भएको बताउनुभएको छ ।
केपी शर्मा ओली देशको प्रधानमन्त्री रहेसम्म संविधान मात्रै नभइ सिङ्गो देशको स्वार्थ र सुरक्षासमेत खतरामा तथा अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर रहेको डाक्टर केसीको दाबी छ ।
नागरिकले नैतिक बलमा टेकेर अहिंसात्मक सङ्घर्ष गरेमा लोकतान्त्रिक अधिकारहरू हरण गर्ने सबै प्रपञ्च असफल हुने डाक्टर केसीको विश्वास छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया