
खानेपानी मन्त्रीले भेटे नख्खु जेलमा गएर विप्लव नेतालाई


काठमाडौं
खानेपानी मन्त्री मणि थापाले ललितपुरको नख्खु जेलमा पुगेर विप्लव समूहका नेतालाई भेटेका छन्। मंगलबार बिहान १० बजे जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई मन्त्री थापाले भेटेको जेलर मोहन अधिकारीले जानकारी दिए। उनका अनुसार मन्त्री थापा केहीदिन अघिदेखि नै आउने कार्यक्रम थियो। कारागारमा भएको खानेपानीको समस्यालाई बुझ्नका लागि आउँदा उनलाई पनि भेटेको जेलर अधिकारीले बताए। कारागारमा भएका खानेपानी, सरसफाइ तथा ढल निकासका समस्याहरूलाई बुझ्न आउनु भएको हो।
मैले पनि उहाँलाई अनुरोध गरेको थिएँ। त्यसपछि आज उहाँ आउनुभो, जेलर अधिकारीले भने, डिप बोरिङ रिजर्भ ट्याङ्क राख्नका लागि उहाँले भित्र गएर निरीक्षण पनि गर्नुभयो। भित्र कैदीबन्दीहरूको अवस्था हेर्न जानू भएको थियो जाने क्रममा उहाँसँग पनि सामान्य भेटघाट भयो।
विप्लव नेता ओली दुई वर्षदेखि नख्खु जेलमा छन्। मन्त्री थापाले उनलाई भेट्ने क्रममा अरू कैदीबन्दीहरूसँग पनि समस्याका बारेमा सोधेको जेलर अधिकारीले बताए।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया