

खानेपानी मन्त्रीले भेटे नख्खु जेलमा गएर विप्लव नेतालाई




काठमाडौं
खानेपानी मन्त्री मणि थापाले ललितपुरको नख्खु जेलमा पुगेर विप्लव समूहका नेतालाई भेटेका छन्। मंगलबार बिहान १० बजे जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई मन्त्री थापाले भेटेको जेलर मोहन अधिकारीले जानकारी दिए। उनका अनुसार मन्त्री थापा केहीदिन अघिदेखि नै आउने कार्यक्रम थियो। कारागारमा भएको खानेपानीको समस्यालाई बुझ्नका लागि आउँदा उनलाई पनि भेटेको जेलर अधिकारीले बताए। कारागारमा भएका खानेपानी, सरसफाइ तथा ढल निकासका समस्याहरूलाई बुझ्न आउनु भएको हो।
मैले पनि उहाँलाई अनुरोध गरेको थिएँ। त्यसपछि आज उहाँ आउनुभो, जेलर अधिकारीले भने, डिप बोरिङ रिजर्भ ट्याङ्क राख्नका लागि उहाँले भित्र गएर निरीक्षण पनि गर्नुभयो। भित्र कैदीबन्दीहरूको अवस्था हेर्न जानू भएको थियो जाने क्रममा उहाँसँग पनि सामान्य भेटघाट भयो।
विप्लव नेता ओली दुई वर्षदेखि नख्खु जेलमा छन्। मन्त्री थापाले उनलाई भेट्ने क्रममा अरू कैदीबन्दीहरूसँग पनि समस्याका बारेमा सोधेको जेलर अधिकारीले बताए।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया