

संसद पुनस्थापना हुन्छ, कि धारा ७६ अनुसार नयाँ सरकार गठन : डा भट्टराई




अर्घाखाँची
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक तनाव व्यवस्थापन गर्न तत्काललाई २ वटा उपाय रहेको बताएका छन्।
मंगलबार बिहान अर्घाखाँची जिल्लामा आयोजित पत्रकार सम्मेलनमा डा.भट्टराईले यस्तो बताएका हुन् । उनले भने जहाँबाट प्रतिनिधि सभाको पुनःस्थापना या संविधानको धारा ७६ अनुसार सरकार बनाउनुपर्ने बताए ।
देश गम्भीर संकटमा पुगेको तर्क गर्दै भट्टराईले भने, पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटन विल्कुलै असंवैधानिक र अलोकतान्त्रिक हो, निर्वाचित सरकारले संविधानले तोकेअनुसार पूरा अवधी सरकार चलाउनुपर्छ, बहुमतबाट सरकार चलाउन नसकिने अवस्थामा मात्रै निर्वाचन हुनसक्छ, अन्यथा संसद बिघटन हुनु संविधानको मर्म विपरित प्रतिगमन तर्फको यात्रा हो।
फुटिसकेको नेकपामा बहुमत नरहेकाले संविधानको धारा ७६ को उपधारा २ देखि ४ सम्म प्रयोग गरी सरकार बनाउनुपर्छ, उनले थपे, त्यसपछि पनि सरकार बन्न सकेन भने बल्ल हामी निर्वाचनमा जानुपर्छ, अन्यथा संसद् पुनःस्थापना नहुने, बैशाखमा पनि चुनाव नहुने र देशमा सेना परिचालन गरी संकटकाल घोषणा गर्ने, संविधानमै ठूलो संकट आउने, नागरिक सडकमा जाने र त्यसैलाई वहाना बनाएर भारत, चीन र अमेरिकाजस्ता विदेशी शक्तिहरूले हस्तक्षेप गर्न सक्छन्, त्यसैले संसद् पुनस्थापनाको विकल्प छैन।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया