
संसद पुनस्थापना हुन्छ, कि धारा ७६ अनुसार नयाँ सरकार गठन : डा भट्टराई


अर्घाखाँची
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक तनाव व्यवस्थापन गर्न तत्काललाई २ वटा उपाय रहेको बताएका छन्।
मंगलबार बिहान अर्घाखाँची जिल्लामा आयोजित पत्रकार सम्मेलनमा डा.भट्टराईले यस्तो बताएका हुन् । उनले भने जहाँबाट प्रतिनिधि सभाको पुनःस्थापना या संविधानको धारा ७६ अनुसार सरकार बनाउनुपर्ने बताए ।
देश गम्भीर संकटमा पुगेको तर्क गर्दै भट्टराईले भने, पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटन विल्कुलै असंवैधानिक र अलोकतान्त्रिक हो, निर्वाचित सरकारले संविधानले तोकेअनुसार पूरा अवधी सरकार चलाउनुपर्छ, बहुमतबाट सरकार चलाउन नसकिने अवस्थामा मात्रै निर्वाचन हुनसक्छ, अन्यथा संसद बिघटन हुनु संविधानको मर्म विपरित प्रतिगमन तर्फको यात्रा हो।
फुटिसकेको नेकपामा बहुमत नरहेकाले संविधानको धारा ७६ को उपधारा २ देखि ४ सम्म प्रयोग गरी सरकार बनाउनुपर्छ, उनले थपे, त्यसपछि पनि सरकार बन्न सकेन भने बल्ल हामी निर्वाचनमा जानुपर्छ, अन्यथा संसद् पुनःस्थापना नहुने, बैशाखमा पनि चुनाव नहुने र देशमा सेना परिचालन गरी संकटकाल घोषणा गर्ने, संविधानमै ठूलो संकट आउने, नागरिक सडकमा जाने र त्यसैलाई वहाना बनाएर भारत, चीन र अमेरिकाजस्ता विदेशी शक्तिहरूले हस्तक्षेप गर्न सक्छन्, त्यसैले संसद् पुनस्थापनाको विकल्प छैन।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया