

वि.ओ.पि विजयनगरमा अबैध कुखुरा नष्ट




कपिलवस्तु
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं.५ कटनियाबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगर र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले अन्दाजी ३५०किलाे अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले ३५० किलो अबैद्य ब्रोइलर कुखुरा नष्ट गरेको छ ।
सोमवार रात्रि करिब १० बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा गरि ल्याउँदै गरेको अवस्थामा गस्ती टोली लाई देखि कुखुरा छोडी मानिस भागेको अवस्थामा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगरका सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर के. सी. ले जानकारी दिनुभएको छ ।
प्रहरीले बरामद गरिएको ३५० किलो कुखुराको अन्दाजी मुल्य १ लाख पर्ने उहाँले बताउनुभयो । तस्करले सशस्त्र प्रहारी बल नेपाल वि.ओ.पी. विजयनगर बाट खटिगएको सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर के. सी कमान्डमा ७ जना र ईलाका प्रहारी कार्यलय गणेशपुरबाट प्रहारी निरिक्षक रण बहादुर बिष्टको कमाण्डमा ५ जनको संयुक्त गस्ती टोलीलाई देख्ने बित्तिकै कुखुरालाई छोडेर भागेको के. सी ले बताउनुभयो ।
प्रहरी, जनप्रतिनिधि, पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी कुखुरालाई नष्ट गरिएको हो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया