

वाणगंगा सामुदायिक पुस्तकालयको चौथो साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न, अध्यक्षमा पुनः कार्की




राधा पाण्डे, कपिलवस्तु
वाणगंगा सामुदायिक पुस्तकालयको चौथो साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नारी साहित्यकार पार्वती शर्मालाई सम्मान समेत गरिएको छ ।३ वटा कृति प्रकाशन गरि साहित्य क्षेत्रमा विशेष योगदान पुर्याउनु भएकोले शर्मालाई सम्मान गरिएको हो । यस्तै कर्मचारी राधिका आचार्यलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा वार्षिक प्रगति प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी सामाजिक विकास डिभिजन कार्यलय प्रमुख नरेन्द्र बेल्वासेले अब प्रत्येक नगरपालिकाले एउटा पुस्तकालय खोल्नुपर्ने बताउनुभयो । पुस्तकको अध्यनन गर्दा अध्यात्म, साहित्य, दर्शन तथा इतिहासको ज्ञान हुने भन्दै नेपाल सरकारले पनि पुस्तकालयको नीति लिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले सामुदायिक पुस्तकालयको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपापिलकाको शिक्षा शाखाबाट हुने हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा साहित्यकार हरिराज शर्मा ( हराश), पशुपतिमणि त्रिपाठी, विष्णु घर्ती, बालाराम ज्ञवाली, राजेन्द्र विक्रम शाहले बोल्दै पुस्तक पढ्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम दिलिप कार्कीको अध्यक्षता, उपाध्यक्ष दोलख बहादुर पछाइको स्वागत मन्तब्य र सचिव धर्मराज घिमिरेको संचालनमा सम्पन्न भएको हो । यसैबीच पुस्तकालयको अधिवेशनबाट पुनः दिलिप कार्की चयन हुनु भएको छ । यस्तै उपाध्यक्षमा डोलकबहादुर पछाइ, सचिवमा सागर बेल्बासे, कोषअध्यक्षमा चन्द्रकला बर्तौला र अन्य सद्स्य गरि ११ जनाको नयाँ नेतृत्व चयन भएको छ ।
यस्तै सल्लाहाकारमा ऋषि कडेल, कमल चुदाली, सागर श्रेष्ठ, जानक पन्थी, देवी ब. पोख्रेल, अन्नतराज रेग्मी र धर्मराज घिमिरेलाई चयन गरेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया